Showing posts with label समसामयीक कुरा. Show all posts
Showing posts with label समसामयीक कुरा. Show all posts

Thursday, October 29, 2015

Objectifying women in the media: A representation of women is creating a sexually object and they only can be good mother and wife through patriarchal institution like media

Most of the advertisements are portraying men as a masculine and women as a feminine figure. For instance, advertising for powerful, big, and popular things like iron-rod, cement, and engineering works is represented by male in contrast beauty products like lotion, creams, and grocery product are often represented by female. Thus, in most cases men are seen in technological advertisement as a brand ambassador of expensive bike, smart phone, and laptop-computer. In contrast, women are often seen in sexuality advertisement, such as standing behind cars, holding balls in their bikinis. Additionally, they often found objectifying in the advertisement of cosmetic products and grocery products like fair and lovely, shampoo, oil, rice, milk, and noodles, which are considered feminine. Objectification, for Kant, involves the lowering of a person, a being with humanity, to the status of an object (http://plato.stanford.edu). In public sphere where media industry is run by male may be one of the reasons for patriarchy in advertisements. Hence, in this paper I am going to look at ‘is the print media objectifying women?’, ‘Can this be considered as enhancing or spreading patriarchy in the society?’, and ‘Are women objectified for male entertainments?’

महिला शसक्तिकरणका पाटोहरु :


 हिजोआज गाउघर सहर बजार जतासुकै र जो सुकै ब्यक्तिको मुखबाट सबै भन्दा धेरै सुनिन पाइने शब्दहरु हुन्, आदीबासी जनजाती, महिला, सचेतना, शसक्तिकरण, सघिंयता, स्वयत्तता, समानता, पहिचान आदी आदी । यी बिषयहरुमा बहस चलेको पनि बर्षाै भई सकेको छ यद्यपी केही थोरै परिवर्तन बाहेक समस्या जस्ताको तस्तै छ । हुनत हाम्रो जस्तो बिबिधताले भरिएको देशमा यस्ता समस्याहरुको समाधानको लागि कोहि कसैएक्लैले प्रयास गरेर मात्र संभव छैन र हुन्न । यसैले यि बिबिधता भित्र छिरेर कहा, कसरी के ले गर्दा मगर महिला पछाडी पारिएको छ भन्ने पाटाहरुलाई उजागर गर्ने चेष्टा यस लेखले गर्दछ । लेखले अन्य पक्षलाई थोरै छोए पनि मगर महिलाका बिबिध अवस्था, ब्यबहारिक पक्ष र अबको बाटो वा दिशा निर्देशका लागि मार्ग प्रसस्त गर्ने कोशिस पनि लेखले गर्नेछ ।
बिबिधता केमा छ?

Tuesday, September 29, 2015

लिम्बुवान आन्दोलन इतिहास देखि बर्तमान सम्म


विषय प्रबेशः
विगत एक दशक देखी आफ्नो स्वायत्त राज्यको स्थापना गर्ने तथा लिम्बुवानबासीहरुको धर्म, भाषा, सँस्कृति तथा समग्र बिकास गर्ने उद्देश्य बोकेर अगाडी बढिरहेको लिम्बुवान आन्दोलन अझै पनि संक्रमणकालबाटै गुज्रिरहेको छ । नेपालको ऐतिहासीकतालाई सम्मान गर्दै जातीय जनसँख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सिद्धान्त स्वीकार गरी जातीय ऐतिहासिक पृष्ठभुमि, भाषिक एवं क्षेत्रीय आधारमा संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका लागि लडिरकेका छन् लिम्बुवानका आदिवासी जनजातिहरु, विशेष गरि लिम्बुवानका लिम्बुहरु ।

Saturday, September 12, 2015

Community, survivors, government and the politicians after the Earthquake!


The aftermath of the April 25th, 26th and 12 May, 2015 Earthquake has devasted many peoples’ lives in Nepal. People are having many difficulties to survive and different loops are looms in the society. Nepal Government has big challenges to reconstruction of the Nepal. According to the National daily news papers, there are more than 8800 people killed, injured more than 22000, damaged and destroyed half million homes. We not only have lost physical infrastructures, but also many things such as natural, cultural, social, economical, geographical and political infrastructure due to the earthquake. We can analyze the time and situation from different ways such as from the perspective of receivers, perspective of donors. Most of the people lost their shelter, some of them had lost their family members, and some of them lost their family, land, property and hope. However, thousand people became victim of it and they got different ways to live and became survivor. During this two month period of crisis there are many opportunities raises for few people in the community.

Thursday, September 10, 2015

नया नेपालमा सिमान्तकृत महिलाहरुको भूमिका



हाम्रो समाज विविधताले भरिपूर्ण समाज हो भनेर भनि रहनु पर्दैन यिनै विविधता भित्रको  कथित सिमान्तकृत बर्ग भित्र जनजाति, मधेशी तथा दलितहरु पर्दछन यि सबै समुदाय भित्र अर्काे सिमान्तकृत समुह हो महिला नेपालको परिवेशमा ऐतिहासिक काल देखिनै महिलाहरु प्रति बढि कठोर कानुनहरु लादिएक थिए नेपाली महिलाहरुले पृथ्वीनारायण शाहको आधुनिक नेपाल एकिकरण भन्दा पहिला नै देखि नै सति प्रथा सहनु परेको थियो बिभिन्न समयमा विभिन्न राजाहरुको मृत्यु सँग सँगै उनीहरुको इच्छा विपरित दर्जनौ महिलाहरु सति जान बाध्य पारेको थियो राज्यले नै सुरु गरेको महिला पूरुष विचको भेदभावले महिलाहरु विभिन्न पक्षमा पिल्सिन पुगेको लैंगिक तवरले मात्र नभै महिला महिलामा पनि असमानता देखा परेको भनाइको अर्थ महिला भन्दैमा सबै नेपाली महिलाहरुको शैक्षिक, सामाजिक, साँस्कृतिक तथा राजनैतिक स्तर एकै नासे छैनन्

Thursday, July 19, 2012

राष्टिय स्तरको मगर सेमिनार सम्पन्न


यहि अषाढ ३० र ३१ नेपालका बौद्दिक मगरहरुको जमघटका साथ मगर सेमिनार भक्तपुरको नगरकोटमा सम्पन्न भएको छ । कार्यक्रम उत्घाटनका क्रममा बक्तब्य दिनुहुदै मगर जातिको भाषा संस्कृति चाड पर्वमा धेरै विबिधता रहेकोले यस विषयमा एकरुपता ल्याउन सेमिनारले सहयोग गर्ने विश्वास कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल आदिबासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्षा झक बहादुर थापाले व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्राध्यापक केशरजंग बरालमगरले प्रमुख बक्ताको रुपमा मगरहरु सिप र ज्ञानमा धनी भएता पनि मगरहरुको पहिचान लोप हुने अवस्थामा पुगेको बताउनु भयो । मगरको सिप र ज्ञानलाई न त राज्यले सम्बोधन र जगेना गर्न सक्यो न त मगरहरुबाट नै जर्गेना गर्ने प्रयास भयो उहाले बताउनु भयो ।

Wednesday, July 4, 2012

पारदर्शीता, जवाफदेहीता र सुशासन

धनकुटा जिल्लामा सञ्चालित भई रहेका भौतिक पर्वाधारका निर्माणहरु -धारा, पुल, भवन तथा सडक निर्माण) मा लाखौको रकम खर्च गरि रहेको यसरी खर्च गरिएका भौतिक पर्वाधारहरुको सहि तरिकाले कार्यान्वयन भै रहेको या छैन भनि विभिन्न निकायहरुले अनुगमन कार्यहरु गरि रहेकै भए तापनि कतिले पारदर्शिता कायम गरि रहेका छन् कति पारदर्शिता जबाफ देहीताबाट टाढै रहेका छन् अझ नेपाली समाजका केही गाऊहरु यस्ता विकासका पवाधार वा योजनाहरुबाट धेरै पछाडी नै छन् सम्पर्ण् पछाडी पारीएका जातीहरुको विकास गराउछौ भनेर माथिल्लो तहमा बस्ने मानिसहरु जति सुकै कर्र्लिएता पनि ती क्षेत्रमा बिकासका पर्वाधारहरुको पहुँच पुग्नु एकादेशको कथा मात्रै हुन लागेको केही समाजका टाठाबाठा ठेकेदारले योजना पारेर वा केही समाजका युवाहरु जागृत भएर योजनाहरु लाने प्रयास गरेतापनि पर्याप्त पैसा नपुगेर आधा काम गरि अलपत्र परेको अवस्था छदैछ भने केही योजनाहरुले विकासको नाममा बिनास निम्त्याइ रहेका पनि छन्
  धनकुटा जिल्लामा भौतिक पर्वाधारहरुको निर्माण: अवस्था

Thursday, June 7, 2012

Need a Monitoring to get good result in every project


Hilly town “Dhankuta”, situated at the eastern part of Nepal, which is the administrative headquarters of eastern development region. Most of the regional offices were stated around Dhankuta bazaar area and have been NGOs offices. Then and now, there is a sharp contrast between bazaar and it is surrounded by rural villages. The town primarily populated by Newar but later other castes types also mixed and run the mixed culture and society. It is commercial centre, but a later developing means of transportation and roads, some commercial have shared at different commercial areas like Hile, Pakhribas, Uttarpani, Sindhuwa, Jitpur, Leguwa etc. by the connection of North south, Koshi highway with Dhankuta bazaar and being the development of every field like road networks, distributions electricity fulfill the physical infrastructure of development slowly.

Monday, March 12, 2012

यति खेर खेलमय बनेको छ नेपाल !! काठमाण्डौ र धनकुटा भने फुटबलमय !!!

खेल जिवनको एक महत्वपुर्ण सारथी हो जसले मानिसलाई स्वास्थ्य त राख्छ नै त्यसमाथी फुर्तिलो पनि बनाउछ । आजभोलि नेपाल निकै खेलमय बनेको छ गत हप्ता मात्र पश्चिमाञ्चल खेलकुद महोत्सब सम्पन्न भएको छ र केही दिन यता काठमाण्डौमा एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता भइ रहेको छ । हाल सम्म घरेलु टिम नेपाल प्यालेस्टाइन र माल्दिभ्स सँग खेलेका दुइ वटै खेलमा कुनै पनि गोल नलगाइ सेमि फाइनलमा पुग्ने आशा टुटाइ खेलबाट बाहिरिएको छ भने छिमेकी राष्ट्र भारतका खेलाडीहरु पनि खेलबाट बाहिरी सकेका छन् ।

Wednesday, March 7, 2012

बिबिध हिँसा बिचको आजको नारी दिवस





हरेक वर्ष मार्च ८ मा मनाइने नारी दिवस फेरी यो बर्ष पनि घुम्दै फिर्दै आइ पुगेको छ । हरेक महिला समुह तथा हरेक महिलाहरुले मनाइने यो दिवसमा महिला अधिकारको पक्षमा भाषण, प्रतिबद्धता, अभियान र दिवसको अभाव छैन । हरेक वर्ष केही न केही नारा राखेर महिलाविरुद्धको हिसाबिरोधी अभियानमा लागि रहेकै छन् नेपाली महिलाहरु। यद्धपि महिला दिवस मनाउने क्रममै महिला अधिकार हननका घटनाहरू पनि सार्वजनिक नभैरहेका होइनन्। यसले महिला अधिकारको तथा हिंसा निर्मूल पार्ने स्पष्ट सरकारी नीतिको अभाव तथा भएका नीतिको कार्यान्वयन एवं अनुगमन गर्न नसकी सामाजिक परिवर्तन तथा सोचमा परिबर्तन आउन नसकेको प्रष्ट छ ।

Wednesday, November 9, 2011

धनकुटाको सेरोफेरो र स्वास्थ्य चर्चा


यिनि हुन मोरङ कि ८ बर्षिया बिनिता दनुवार जो हाल सम्म बोल्न सकेकि थिइनन् धनकुटामा भै रहेको निशुल्क स्वास्थ्य शिविरमा शल्यक्रिया पश्चात बोल्न सुरु गरेकी छन् ।



Saturday, October 1, 2011

दशै, दशा र हामी

सहर सुनसान हुदै छ अब दशै लागेछ क्यारे फेसबुकका भिताहरु हेर्दा पनि त्यस्तै भान भइ रहेको छ। खासमा यो दशै के हो र कसको हो मलाई पनि त्यति थाहा छैन । भन्छन् यो हिन्दुहरुको महान चाड, उसो भए अहिन्दुहरु यसमा रमाउनु किन? हुन त गणतान्त्रिक नेपालमा यो यस्को र त्यसको किन गर्ने सौहार्द्र रुपले सबैले सबैको चाड मिलेर मनाए के नै बिग्रने हो र? फेरी फेसबुक वालमा हेर्छु सबै सबैले शुभकामना आदान प्रदान गर्छन आफुलाइ दिइ सके पछि शुभकामनै साट्न त के नै फरक पर्ला र? लौ जा मैले पनि सबैलाई शुभकामना टक्राए तर केही साथीले गाली गरे शुभकामनाको लागि धन्यबाद तर यो त हिन्दुहरुको दशै हो यसमा तँ किन धेरै उछिल्लिएको ? म सँग यसको ठ्याक्कै जवाफ त छैन र मलाइ खास दशै पनि लागेको छैन तर जे होस मेरो पाच बर्षको भाइ र ८ बर्षकी बहिनीको एक हप्ता देखी नै खुसीले सिमानाघेको छ । सधै होमवर्क गर्न निकै कसरत गराउनु पर्ने यो पटक परिक्षा सकिने बितिकै देखी भ्याकेशन होमवर्कमा जुटेका छन् दुवै जना ।

दशैको बिदामा मामला जान पाइने र नया लुगा लाउन पाइने उमँग त छदैछ टिका थापेर पैसा जम्मा गर्ने लालच पनि उतिकै बढेको छ दुवैलाई। भन्छन यो पालाको दशैको टिका लाएर म झोला किन्छु अनि खै के के जाति खान्छु । तर तिनलाई यति धेरै उमँग ल्याउने दशै के हो थाहा छैन न त तिनलाई अहिले नै त्यो बुझ्नुको टाउको दुखाइ नै । अर्की बहिनी जो काठमाण्डौ बस्छिन तिनलाइ पनि उतिकै दशैको रन्कोले छोएको छ । बाबा ममि सँग दशै बिदामा घरजानलाइ एक महिना अगाडि देखी नै सहकार्य र सहमति जुटाउनमा ब्यस्त छिन । उनिहरुको स्कुल थोरै समयको लागि मात्र छुट्टि हुने हुनाले बाबा आमाको चाहाना छोरी यो पटक गाउ नजाउन तर कहा मान्छन र अचेलका भुराहरु ? हुन त खास गरि चाडबाड अझ यो दशै लाग्ने भनेको नै यिनै बालापन मै त हो नि । अलि बुझ्ने भए पश्चात अथवा अलि ब्यवहार टार्नु पर्ने उमेर आए पछि त यो दशैले उति धेरै उमँग नल्याउला भन्ने मेरो अडकल । किन कि मैले पनि त्यहि उमेर पार गर्दै आएकि हुँ । आठ दश बर्ष पछाडीका ति दशैलाई फर्केर हेर्दा सम्झनाका परेलीहरु ताजै हुन्छन । दशै ताका दाइ र दिदीहरुले ल्याइदिनु भएको त्यो फुलबुट्टे जामा नयाँ नयाँ लोभलाग्दा चप्पलका जोडिहरु लाएर कहिले साथीहरुलाइ देखाउ हुन्थ्यो मलाइ पनि। म आफु चिटिक्क नपरेकै भए पनि चिटिक्क परेका ति नयाँ बिदेशी लुगा चप्पलमा सजिएर मामला जानुको मज्जा नै अर्कै थियो । बल्ल एक वर्षमा एक पटक लाग्ने फुलपाती मेला हेर्न जानलाइ आमा सँग एक हप्ता अगाडी देखीको चिप्लो घस्नु पर्थ्यो । त्यो बेला ५ रुपैयाको रातो रिबन र ५ रुपैयाको चुरा पनि मेरा लागी असिम हर्ष ल्याउने चिज हुन्थे त्यसतै हुदो हो मेरा नानीहरुलाइ पनि आज। हिजो देखी नै मेरा नानीहरु टुडीखेल जाने आमाले ३० रुपैया पर्ने चिम्टि किन्नी दिन्छु भनेको भरमा खुसि कहा साटु कोस्लाइ सुनाम भएको छ । जे होस दशै भनेकै बालापनको लागि हो। जो जिबनमा एकपटक सबैले ब्यतित गरेका हुन्छन र फेरी पछि चाहेर पनि कसैले प्राप्त गर्न सक्दैनन् त्यो बालापन है अरु होइन ।

दशै दशै भन्छन् यो दशै हो या दशा ? भन्न त नहुने हो तर जब दशै आउछ तव दुर्घटना तथा घरमा दुख बिमारले च्याप्दै जान्छ ता पनि अबोध बालापनमा त्यसको के असर? जसले जे भोग्नु छ त्यो त सबै घरका ठुलाबडा नै त हुन नी । मेरो एकजना आफन्त जसलाइ म धेरै आदर गर्छु यति की मेरो आमा पछिको सम्मान पाउने उहा नै हुनुहुन्छ । उहा दश दिन देखी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएर रोग सित लडाइ लडि रहनु भएको छ । तर उहाको पिडाले उहाको नाता नातिनिलाइ खासै छुन सकेको छैन । किन भने तिनीहरुलाई दशै लागेको छ बिधालयले दशै छुट्टि दिएको छ । तिनलाई नया लुगा किन्नु छ जुत्ता र अन्य आवश्यक पर्ने चिजबिज पनि । वरिपरिका यि र यस्तै परिदृष्य हेरेर मनमा प्रश्न उठ्छ साच्चै यो दशैले उमँग ल्याउछ कि टेन्सन?

शान्ता भन्दै थिइन "दशै आयो दशै आयो भन्छन आएको त केही देख्या होइन ब्यारे जुन पसलमा गए पनि भिड जे किन्न पनि लाइन त्यहि हो कि क्याहो दशै ?" साच्चै दशैले पसलेहरुलाइ भ्याइ नभ्याइ पारेको छ अनि किन्ने ग्राहकहरुलाइ सास्ती । हाम्रा सहकर्मीहरुको पनि पसल छ । तिनलाइ पनि दशैमासमा मौका छोप्न अति हतार पर्छ । कहिले पाच बज्छ र अफिसबाट हतार हतार गरेर पसल जानु हुन्छ । भन्छन म बसेको बेला एकै छिनमा चार पाच हजारको बिक्रि हुन्छ अरुले त्यति पारा ल्याउदैनन् दिनभरको आम्दानी त्यही दुइतिन हजार हुदो हो त्यसैले पनि म चाडै पुग्नु पर्छ। हुन पनि हो यसो दुइचार पैसाकै लागी त दुख गर्छन नी मानिसहरु त्यहि पनि बर्ष दिनमा एक पटक दशै तिहारको बेलाँ मात्र अलि चल्दो हो नत्र सुख्खाराम ।
बिशेष गरि दशैताका हर चिज आवश्यक पर्छ । दैनिक खाध् उपभोग्य होस वा अन्य लत्ताकपडा चाडबाड आयो कि चटारो । बेच्ने किन्ने सबैको लागि एकखालको उमँग र समस्या दुवै एकै चोटि लिएर आउछन् यो चाडबाडले । बेच्ने ब्यापारीहरुको जहान परिवार थोरै छ र पसल ठुलो छ भने नाफा नकमिएला भन्ने पिर तर त्यो भन्दा पनि समाजका गरिव बर्गहरुको लागी अझ ठुलो पिर । खास गरि यो दशै आए पछि विचारा गरिबहरुलाइ सास्ति । नमनाउ भने सबैले मान्छन मनै त हो आफु एक्लै नमनाइ कसरि बस्ने ? मनाउ त के ले पुराउने ? महँगि आकाशिएको छ दिनानु दिन सगरमाथा उक्लेको यात्री झै उकालो उकालो तर आयश्रोतलाई देश सरकार र सँबिधानले असर पुराएकै छ । छोरा छोरीको डिमान्ड बढेर छोइ सक्नु छैन नराम्रो र नमिठो हात नलाउ भन्छन, मिठो मसिनोको लागी गोजि पनि बाक्लै हुनु पर्यो । त्यसैले त यहि दशैताका हरेक आपराधिक घटना घट्छन् जस्तै लुटपाट चोरी डकैति सबै । गत हप्तामात्र खोकु तिरका दुइ दिदी बहिनी धरान दिदीको घर हिडेका रे साथमा पच्चिस हजार रुपैया बोकेका रहेछन् अज्ञात ब्यक्तिहरुले बाटैमा झ्वाम पैसा त लग्यो लग्यो उल्टो गालामा चड्कन पनि खाएछन् दिदी बहिनीले । जे होस यो दशैले निम्त्याएको एउटा दशा नै हो ति दिदी बहिनीलाई।

दशै चर्चा धर्म र अर्थ हरेक कुरा सँग जोडिएर आएको छ । अझ दशै आए पछि हजारौ पशु पक्षीको दशा स्वत आउछन् । धार्मिक साँस्कृतिक नाममा बलि चढाएर ति अबोध पशु पँक्षीहरुले अकाल ज्यान गुमाउनु पर्छ । धेरै जस्तोले यो हिन्दुहरुको मात्र महान चाड भनेर भनि रहदा पनि तिनले पनि पशुपक्षिबध गरेर दशै मनाइ रहेकै हुन्छन् जस्तै कि हामी त दशै मान्दैनौ भन्छन तर घरमा अन्यबेला भन्दा भिन्न तरिकाले मासु ल्याएर भेटघाट रमाइलो गरि खान्छन् । कसैले हामी त रातो टिका लाउदैनौ भन्छन तै पनि सेतै भए पनि टिका त लाएकै हुन्छन तर मैले नबुझेको कुरा टिका लाउनु मात्र दशै मान्नु हो र? अझै पनि कन्फ्युजमै छु। जे होस घरमा भएको नभएको पशुपँक्षि बध गरेर खादा ति अबोध पशुपँक्षिलाइ दशैले निम्ताएको दशा हो । अनि टिका जमारा सँग आशिर्बाद मात्र नभै भए नभइ पैसा प्रदान गर्नु पर्दा दिनेहरुको लागि जोहो गर्नु पर्ने अर्थको झन्जट दशैले निम्त्याएको दशा नै हो भन्न मन लाग्छ मलाई त ।
लौ हिन्दुहरु मात्रको दशै भए पनि हामी सबै नेपालीको भए पनि छुट्टि त पाएकै छौ सबैले त्यसैले शुभ रहोस सबैको दशै ।

Monday, September 5, 2011

नेपालको बर्तमान अवस्था

भन्नै पर्दा म जस्ता सर्वसाधारणले बुझ्ने र चिन्ने विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भएर पनि विश्वसामु आफ्नो सान उच्च बनाउन नसकेको, शान्तिको अग्रदुत भगवान गौतम बुद्धको जन्मभुमि भएर पनि शान्ति र सद्भाव हुर्कन नसकेको, प्राकृतिक रुपमा विश्वको धनि देशहरु मध्येको भएर पनि दुनियाको दरीद्र राष्ट्रमा सुचिकृत हुन पुगेको, दुनियामा बहादुर गोर्खालीको पहिचान बनाएर पनि आफ्नै मातृभुमिको सिमाना दिन दहाडै मिचीदा लाचार र मुकदर्शक भएर बसिरहनु परेको, संसारमा जहासुकै पुगेर पनि इमान्दार जातिको रुपमा पहिचान बनाउन सक्ने नेपाली जातिको स्वदेश स्वय्ममा भने धुत्र्यार्इ (छली, चेलिवेटि बेचविखान गर्ने देखि स्वदेशी काठपात तस्कर गर्ने एउटा विचित्रको देश हो नेपाल । किन यस्तो हुन गयो त नेपालको स्थिति ? यो स्वाभिमानी नेपालीहरुको निम्ति ज्यादै महत्वपुर्ण र गम्भिर सवाल हो । यस सवाललार्इ सहि तरिकाले विश्लेषण गरिनु, उचित उतर पहिचान गरिनु र निकासको बाटो खोज्नु नितान्त जरुरी छ । मर्निङ्ग सोज द डे भनिए जस्तै अर्थात जस्को वर्तमान राम्रो छ उसैको भविश्य पनि राम्रो हुनेछ भन्ने भनार्इ सँग नेपालको वर्तमान स्थितिलार्इ दाजेर हेर्दा साथै यहांका राजनैतिक पार्टी वा तिनका नेताहरुको हर्कत हेर्दा अनि बहुसंख्यक मानिसहरुको प्रबृति हेर्दा त्यो छाट अझै निक्कै पर देखिन्छ । यसो भनिरहदां म निरासावादि ठहरीन सक्छु तर त्यो अवश्य पनि होर्इन ।

Thursday, September 30, 2010

आयो टप्प टिप्यो लग्यो टारेर टर्दैन त्यो

यो ध्रुव सत्यकुरा नै हो की जिन्दगीको पानाहरु पल्टिदै जादा हरेक सुन्न र देख्न पाइन्छन् तर कति पय कुराहरु अपेक्षा भन्दा धेरै टाढाको हुन जान्छ त्यो बेला आश्चर्यले चकित हुन बाध्य हुन्छु म (यदि म गलत छुइन भने म मात्र हैन सबै जनालाइ यस्तै हुन्छ होला)। सम्झन्छु कहिले काही यो जीवन भन्ने चोलो पनि कसैको लागी कति लामो अनि कसैको लागी कति छोटो भएर आउछ यो किन यस्तो भएको होला? जे होस कति पय कुरा नसोचेकै भए पनि राम्रो हुन्छन भने कतिपय कुराहरु हृदय बिदारक नै ।

Tuesday, September 14, 2010

बन्द बन्द बन्द सबै तिर बन्द !

हड्ताल र सडक जामले सबै तिर सबैलाई सताउने भो उफ्...... ।

हरेक दिन चक्का जाम र आम हड्तालको रोग नेपालमा मात्र भोगेकी थिएँ । नेपाल छोडेर हिडेको करिव एक वर्षमा खासै जाम र हड्तालको खवर सुन्न र भोग्न परेको थिएन तर त्यही नेपालको रोग अब युकेमा पनि सरेको छ । करिव ४ महिना अगाडी ब्रिटिश एरलाईनले केही दिन बिरोधको कार्यक्रम अगाडी सारेर हडताल गरेका थिए त्यसबखत हजारौ यात्रुहरु बिचल्लिमा परेका थिए तै पनि पुरै बन्द भने गरेका थिएन । उनीहरुले कर्मचारीको कटौती गरेको साथै भत्ता तथा तलब कटौती गरेको बिरोधमा बन्द गरेका थिए । फेरी उनिहरुको माग पुरा भएन भने क्रिसमसको समयमा पुरै चक्काजाम गर्ने घोषणा गरेका छन । यदि पुरै बन्द गरे भने कतिको लागी गन्तब्य स्थान पुग्नमा कति बिजोक हुने हो थाहा छैन ।

Tuesday, July 6, 2010

सिस्टम तथा टेक्नोलोजी प्रणालीका कुरा


कैलाश दिदीको ब्लगमा हिजो मात्र पढेकी थिए अल्छे व्लगरको बारेमा म पनि त्यही अल्छे मध्यकी एक भएकी ले निकै रमाइलो लाग्यो लेख । "अल्छे ब्गरको कुरा ब्लग पोष्टको दुरी अन्तराल एकदमै लामो हुनु नै उसको प्रमुख पहिचान हो" ले मलाइ नै ब्यँग्य गरे झै पनि लाग्यो हुन त मान्छेको पापी मन है खाली राम्रो भन्दा बढी नराम्रो सङ्का गर्दै बस्यो तर दिदीको यो लेख साचै घत लाग्यो । हुन त मेरो ब्लग लेख्ने कुरामा महिनौ अगाडी पनि अन्नपुर्ण पोष्टका दाइले उनको ब्लगिङ गर्ने कार्य नियमित आकस्मिकता हो भन्नु भएको थियो कुरा ठिकै हो । तै पनि दिदीको लेखमा भएका अल्छे व्गरको १० वटा गुणमा १० वटै म सँग मिल्न गएको ले पनि घत लागेको हुन सक्छ । साच्चै यो ब्लग लेख्ने बेलामा अल्छि गर्दै बसे पछि कहिले काही यस्तो गजवको लेख पनि बन्दो रहेछ । जे होस दिदीको लेखाइमा धेरै दम छ ।

Saturday, January 2, 2010

मेला सेलको

मैले ब्लगमा नया लेखहरु पोष्ट नगरेको पनि झन्डै सत्र दिन बिती सकेछ। यो समय कस्तो छिटो चिप्ली दिन्छ दिन्छ मै छक्क परि सके । कहिले आफन्त को घर भेट घाटमा उतै हराइयो,कहिले साथी भाइ संग भेट घाट र रमाइलो गर्दैमा बिताइयो,कहिले चाड पर्वको नाममा लागेको सेल हेर्न एसो हाट बजार चाहर्दैमा बिताइयो। केहि दिन हप्ता भन्दा भन्दा हिजो देखि त वर्ष नै फरक लेख्नु पर्ने भयो। कहिले काही यसो सम्झन्छु यो समयलाइ समाउन सक्ने भए त?? सवैको ब्लग चाहार्यो नया नया विषय वस्तु पढ्न पाउछु त्यसैमा रमाउछु । मनमा यसो आफ्नो व्लगमा पनि कैलाशदिदीको भाषा सापट लिएर भन्नु पर्दा "खुराक" त हाल्न पर्ने सम्झन्छु तर कहिले काही खुराक नै सकेको सकेको जस्तो भान हुन्छ। हुनत आज भोलि म साह्रै अल्छे हुन थालेको छु । त्यसैले ब्लग अपडेट गर्न पनि नसकेको हो । आज धेरै दिन पश्चात जाँगर चलाए एसो घोत्लिए यो हप्ताको चहल पहल र यु के मा लागेको सेलले मेरो ध्यान आकर्सित गरायो।

Thursday, December 3, 2009

सोचे जस्तो हुन्न जिवन

सोचे जस्तो हुन्न जिवन
सम्झे जस्तो हुन्न जिवन

Saturday, November 14, 2009

मोवाइल फोन कति घातक कति फाइदाजनक?

यो भनि राख्नु पर्ने कुरा होइन कि एक्काईसौ सताव्दिको लागी अति आवश्यकिय कुरा मोवाइल फोन पनि एक हो । बिकसित जुन सुकै मुलुकमा होस वा नेपालमै पनि आजभोली मोवाइल फोन प्राय हरेक व्यक्तिको साथमा हुन्छ । आजको युगमा हरेक मानिसको लागी यो आधारभुत आवश्यकिय कुरा बन्न पुगेको छ । बाल, युवा तथा बृद्द बृद्दा जो सुकैको लागी पनि उपयोगी बनेको छ । कसैको लागी यो खेल्नको निमित्त कसैको लागी समाचार सुन्नको लागी कसैको लागी साथीभाई सँग किप इन टचमा रहनको लागी (SMS होस वा Phone call होस वा त Face book update chat नै किन नहोस) त कसैको लागी यो एक अर्काको मनको कुरा साटासाट गर्नकै लागी ।